चन्द्रागिरि , ४ चैत ।
काठमाण्डौको थानकोटका आज बिहान भएको सवारी दुर्घटनामा दुई जानको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा झापाका ३७ बर्षिय डम्बर पोखरेल र सिन्धुपाल्चोक पनौतिका ४६ बर्षिय कान्छा ओली लामा रहेका छन् ।
चन्द्रागिरि नगरपालीका ८ दुरसन्चार मुल सडकमा मे १ ख २४ ३९ मिनि ट्रक र बा १ ज ७९६७ ट्याक्सी दुर्घटना हुदा ट्रक चालक पोखरेल र ट्याक्सी चालक लामाको मृत्यु भएको हो ।
थानकोटबाट कलङ्कीतर्फ आउदै गरेको ट्रक ब्रेक फेल ट्याक्सीमा ठोकिएर दुर्घटना भएको थानकोट प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि घाईतेहुनेहरुमा पोखराकी २८ बर्षिया कृष्ण थापा , काठमाण्डौका २४ बर्षिया अन्जु आले , वालुवाटारका राजेन्द्र थापा मगर , ४ बर्षिय एडिक आले मगर र रामभक्त पौडेल रहेका छन् ।
उनीहरु सबैको बागेश्वरी र ओमसमाज हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।