एमालेको अभियान सम्पन्न ,अभियान सफल भएको निष्कर्ष

एमालेको अभियान सम्पन्न ,अभियान सफल भएको निष्कर्ष

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कन्चनपूर ४ चैत्र ।
संविधान कार्यन्वयन र राष्ट्रिय एकता बलियो बनाउन भन्दै नेकपा एमालले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान आज कन्चनपूरमा समापन भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा पत्रकार सम्मेलन गरि अभियानको औपचारिक समापन भएको जानकारी गराउनुभएको हो । अभियानको सन्देश सभा भने भोलि सुर्खेतमा हुने जनाइएको छ ।

५ जनाको ज्यान जाने गरी भएको सप्तरी घटनापछि कार्यक्रम स्थगित भएको प्रदेश नं २ मा भने नयाँ स्वरूपमा विशेष कार्यक्रम छिटै सञ्चालन हुने पार्टी अध्यक्ष ओलीले जानकारी गराउनु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ओलीले एमालेले आयोजना गरेको शान्तिपूर्ण सभामा अवरोध गर्ने आवतजावतमा समस्या उत्पन्न गराउने जस्ता काम लोकतन्त्र र बहुलवादी समाजका लागि चुनौतीको बिषय भएको बताउनु भयो ।

यस्ता गतिविधिले देशलाई मात्र नभएर स्वयं यसका प्रयोगकर्तालाई समेत ठूलो हानी र्पुयाउने भन्दै जिम्मेवारीवोधका साथ प्रस्तुत हुन पनि ओलीले आह्वान गर्नु भएको छ ।

गत फागुन २१ गते झापाको काँकडभिट्टाबाट शुरु भएको अभियान अन्तरगत एमालेले काँकरभिट्टा, बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जीतपुर, लमही, नेपालगञ्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा सभा गरेका थिए ।

अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका र २५ किलोमिटरभन्दा लामा ¥यालीहरू भएको अध्यक्ष ओलीले बताउनुभयो ।

“अभियान नेकपा (एमाले)ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो, पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ— अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौँ ।”

“अभियानको तेस्रो दिन राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडका रूपमा प्रयोग हुनु दुखद र चिन्ताको विषय हो” —वक्तव्यमा भनिएको छ ।

तत्काल राजनीतिक दलसम्बन्धी विधेयकलगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न, संविधान संशोधन विधेयक फिर्ता लिन र निर्वाचनसम्बन्धी अन्योल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन अध्यक्ष ओलीले आह्वान गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ