तोकिएको मितिमा स्थानीय तहको निर्वाचनमा हुनेमा शंका नगर्न सञ्चारमन्त्री कार्कीको आग्रह

तोकिएको मितिमा स्थानीय तहको निर्वाचनमा हुनेमा शंका नगर्न सञ्चारमन्त्री कार्कीको आग्रह

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, ४ चैत ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितीमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आंशका नगर्न आग्रह गर्नुभयो ।

उहाँले मोर्चाबीना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै उहाँले निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभयो । मधेशी मोर्चा सरकार निरन्तर सम्वाद र वार्तामा रहेकाले छिटौ मोर्चा वार्तामा आउने विश्वास गर्नुभयो ।

संविधानभन्दा ढाढा कोही नभएको र मेधशी मोर्चा पनि संविधानको पक्ष विपक्षमा आएको बताउँदै सबै दलहरु संविधानको परिधिमा खुमीरहेकाले सबै राजनीतिक दलहरु निर्वाचनको पक्षमा रहेको बताउनुभयो । देशका अधिकांश क्षेत्रमा निर्वाचन भएपनि मधेशका केहि ठाउँमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने उहाँले बताउनुभयो । देशका सबै गाउँपािलका, नगरपालिकामा निर्वाचनको वातावरण बनीरहेको र दलका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भई निर्वाचनको माहौल सृजना गर्न लागिपरेकाले देश निर्वाचनमय भइसकेको उहाँले दावी गर्नुभयो ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर स्थानीय तह कार्यान्वयनमा ल्याइसकेपछि सिंहदरबारमा धाउने पार्टीका नेता तथा कार्यकर्ता गाउँकेन्द्रित भएको र सिंहदरबारमा मान्छेको संख्यासमेत घट्दै गएको उहाँले बताउनुभयो । स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेपछि जनताहरु खुसी हुँदै स्थानीय तहमै केन्द्रित हुन थालेको उहाँले बताउनुभयो । सप्तरी घटना हुनु दुखद् भएको बताउँदै उहाँले सप्तरी घटनामा एमालेको अपरिपक्वताले सो घटना घटेको बताउनुभयो ।

सरकारको तर्फबाट सो क्षेत्रमा एमालेलाई उत्तेजक भाषण नगर्न आग्रह गरिएको बताउँदै उहाँले एमालेलेको सुरक्षाप्रति ध्यान नजाँदा र जिद्दीपनले सो घटना भएको बताउनुभयो । उहाँले कञ्चनपुरमा भारतीय एसएसपीको गोली लागेर नेपालीको ज्यान गएको घटनाका विषयमा सरकारले सत्य तत्थ छानवीन गरी भारत सरकारलाई पठाइएको बताउँदै भारत सरकारले आफनो गल्ती स्वीकार गर्दै माफी माग्नुपर्ने अनुरोध गर्दै भारतलाई जानकारी गराइएको बताउनुभयो ।

उहाँले सरकाले ज्यान जाने गौतमलाई सहीद घोषणा गरेर उनलाई भारतीय प्रहरीको गोलीले नै मृत्यु भएको पोस्टमार्टम रिपोटबाट आएकाले भारत सरकारलाई गल्ती स्वीकार्न आग्रह गरिएको बताउनुभयो । उहाँले एनसिएलले कर छली गरेको विषयम पत्रपत्रिकामा आएपनि मन्त्रीमण्डलबाट कुनै निर्णय नभएको बताउनुभयो । संसदको लेखा समितिमा छलफल भएपनि कर कार्यालयले करको निर्धारण गर्ने उहाँले बताउनुभयो ।

विभिन्न कर्पोरेटका आआफना सेवाप्रदायक हुने भएकाले कर छली कसैले पनि गर्न नहुने बताउनुभयो । गणतन्त्रवादी र पुरातनवादी शक्तिबीचको लडाईले परिवर्तनका उपलब्धी संस्थागन गर्न केहि चुनौती झेलीरहे पनि परिवर्तन संस्थागत भएरै छाड्ने उहाँले बताउनुभयो ।

सरकाले संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतीको सकारमा जोड दिएको बताउनुभयो । उहाँले राप्रपालगायत साना पार्टीलाई सरकारमा सोमल गराएर संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको पक्षमा मन्त्रालय लागिपरेको बताउँदै एफएमको नवीकरण गर्ने अधिकार जिल्ला हुलाक कार्यालयलाई दिने निर्णय मन्त्रालयले गरिसकेको बताउनुभयो । उहाँले च्याउसरि उम्रिएका अनलाइनलाई सरकारले नियन्त्रण र कानुनी दायरामा ल्याउने कार्य गरिरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ