प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चैत ४, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहनुभएकी सम्साद अख्तरले आफ्नो ५ बर्षे कार्यकाल पूरा गर्नुभएको अवसरमा प्रधानमन्त्रीसँग बिदाई भेट गर्नुभएको हो ।
शुक्रबार बिहान शिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उहाँको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघवाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नु भयो । साथै नेपालको शान्ति प्रक्रियालाई मौलिकढंगले टुंगो लगाउन संयुक्त राष्ट्र संघले पु¥याएको योगदानप्रति आभार प्रकट गर्नु भयो । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका केही बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी दिनु भयो ।
उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी अप्रिल २१ र २२ गते बैंककमा हुने संयुक्त राष्ट्र संघको सेस्टेनेभल डेभलपमेन्ट सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तोपत्र हस्तान्तरण गर्नुभयो ।

उहाँले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र संघको सहयोग जारी रहने जानकारी दिनु भयो । साथै विश्वमा शान्ति स्थापनाका लासिग नेपालको योगदानको उच्च प्रसंसा गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ