काठमान्डौ चैत ४।
एबी फिल्मी टिभीले गायक बरुण अधिकारी र संगीता यादबको प्रस्तुति रमाईलो गीत “बन्दा काउली”को कभर भिडियो प्रतियोगिता गर्ने भएको छ । आकर्षक पुरस्कार सहित उक्त कभर भिडियो गर्न लागिएको हो ।
“रमाईलो गीत बन्दा काउलीको कभर भिडियो बनाउनोस अनि जित्नोस नगद रु तीस हजार पुरस्कार र एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ” भन्दै उक्त आकर्षक अफर एबी फिल्मीले प्रदान गरेको हो ।
यहि २०७४ बैशाख १५ गते सम्म आउने भिडियोलाई प्रतियोगितामा मान्यता दिईने बन्दाकाउली कभर डान्स प्रतियोगिताका संयोजक एबम एबी फिल्मी डट कमका सम्पादक भोला दीप यात्रीले बताएका छन् । “दैनिक उपभोग्य तरकारीका नामहरुलाई सहज र सरल रुपमा गाउन सक्ने गरि तयार पारिएको गीत दर्शक श्रोताले मन पराउने र यस कभर भिडियो प्रतियोगितामा डान्स पारखीहरुको उल्लेख्य सहभागिता रहनेमा हामी बिस्वस्थ छौ”( गायक अधिकारीले भने ।
डान्स र अभिनयमा आउन चाहने लुकेर रहेका प्रतिभाको प्रस्फुटनमा सहयोगी हुन् पनि यस्तो प्रतियोगिता आयोजना गरिएको गायक अधिकारीले थपे । तरकारीहरु प्रयोग गरिएको भिडियोलाई बिसेष प्राथमिकता दिईने आयोजकले बताएको छ ।
गीतको ओरिजिनल लिरिकन भिडियो एबी फिल्मी टिभीको आधिकारिक युटुब च्यानलबाट डाउनलोड गर्न सकिने संयोजक यात्रीले बताएका छन् । भिडियो abfilmy2@gmail.com मा इमेल गर्न या सिधै एबी फिल्मी डट कमको कार्यालयमा आएर पनि दिन सक्नुहुनेछ ।
प्राप्त भिडियोलाई एबी फिल्मी टिभीको आधिकारिक युटुब च्यानलबाट अपलोड गरिने र सर्बाधिक भ्यु प्राप्त गर्ने भिडियोलाई स्वत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक यात्रीले बताएका छन् । प्रतियोगीतको बारेमा अन्य जानकारी www.abfilmy.com तथा https://www.facebook.com/abfilmy/ बाट समेत प्राप्त गर्न सकिने छ । थप जानकारीको लागि 9851162338 मा समेत सम्पर्क राख्न सकिने छ ।