एजेन्सी चैत ४।
सिरियामा भएको हवाई आक्रमणमा परी कम्तिमा ४२ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौ घाइते भएका छन् ।
उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा उनीहरुकोे मृत्यु भएकोे विविसीले जनाएको छ ।
नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक रहेका छन् । आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline