मोर्चा आवद्ध ६ दलले आज सभामुखलाई सरकारको समर्थन फिर्ताको औपचारिक पत्र दिँदै

मोर्चा आवद्ध ६ दलले आज सभामुखलाई सरकारको समर्थन फिर्ताको औपचारिक पत्र दिँदै

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३ चैत्र ।
आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेशी मोर्चा आवद्ध दलले आज छुट्टा छुट्टै औपचारिक पत्र सभामुख ओनसरी घर्तीलाई बुझाउदैछन् ।

मधेशी मोर्चाको नाममा संयुक्त आन्दोलनमा रहेपनि संसदीय पहिचानका आधारमा मोर्चा आवद्ध विभिन्न दलले फरक फरक पत्र बुझाउने तयारी भएको नेताहरुले बताएका छन् ।

परिमार्जनसहित संविधान संशोधन र स्थानीय तह निर्वाचन घोषणा फिर्ता लिनका लागि दिएको एक साताको अल्टीमेटमभित्र सरकारले कुनै तत्परता नदेखाएको भन्दै मोर्चाले हिजो सरकारबाट बाहिरिएको औपचारिक घोषणा गरेको थियो ।

मोर्चा आवद्ध ६ दलले बिहान ११ बजेपछि सिंहदरबारमा संयुक्त रुपमा समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेको मोर्चा घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभो ।

मोर्चाको एक घटक संघिय समाजवादी फोरम नेपालले भने हिजै सभामुख घर्तीलाई भेटी सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा औपचारिक पत्र दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ