सुनुवाई समितिले आज सिफारिस राजदुतविरुद्धको उजुरी लिपिवद्ध गर्दै

सुनुवाई समितिले आज सिफारिस राजदुतविरुद्धको उजुरी लिपिवद्ध गर्दै

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ३ चैत्र ।
संसदीय सुनुवाई विषेश समितिले आज विभिन्न १२ मुलुकका लागि सिरफारिस भएका राजदुतविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु गर्दैछ ।

बिहान ११ बजेपछि सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकले प्राप्त उजुरीमाथि अध्ययन गर्दै उजुरीकर्तालाई बोलाउने समय तोक्ने तयारी भएको समिति सचिवालयले जनाएको छ ।

सिफारिस राजदुतमाथि उजुरी दिनका लागि निर्धारण गरिएको १० दिनको अवाधिभित्र प्राप्त पत्रलाई लिपिवद्ध गर्दै समितिले उपयुक्त उजुरीलाई अघि बढाण्नेछ ।

उजुरीकर्तासँगको छलफलपछि मात्रै समितिले प्रस्तावित सबै राजदुतको सुनुवाई मिति निर्धारण गर्ने जनाएको छ ।

मन्त्रीपरिषदले १४ जनाको नाम विभिन्न मुलुकका राजदुतका लागि सिरफरिस गरेको भएपनि विवादित छबीका भन्दै १२ जनाको मात्र सुनुवाई प्रक्रिया अघि बढाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ