गृहमन्त्री निधीले आज भारतीय समकक्षी सिंह र विदेशमन्त्री स्वराजसँग भेट गर्दै

गृहमन्त्री निधीले आज भारतीय समकक्षी सिंह र विदेशमन्त्री स्वराजसँग भेट गर्दै

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ३ चैत्र ।
भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नयाँदिल्लीमा हुने भेटका क्रममा कन्चनपूर घटनाका विषयमा छलफल हुने बताइएको छ । गृहमन्त्री निधिले आजै भारतीय समकक्षी राजनाथ सिंहसँग पनि भेट गर्नुहुनेछ ।

आतंकवाद सम्बन्धी एक सममेलनमा सहभागी हुन दिल्ली पुग्नु भएका उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेट गर्ने भनिएपनि समय तय भइसकेको छैन ।

यसअघि हिजो उहाँले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलसँग भेट गर्नुभएको थियो । सो क्रममा उहाले सप्तरी घटनामा भारतलाई गल्ती स्वीकार गर्न आग्रह गर्नुभएको थियो ।

नेपालको अनुसन्धानका क्रममा गोली भारतीय सुरक्षाकर्मीबाट नै चलेको पाइएको भन्दै भारत सरकार रिग्रेट गर्न डोबल मार्फत आग्रह गर्नुभएको छ ।

जवाफमा डोबलले घटना दुःखद भएको भन्दै अनुसन्धानपछि मात्र घटनाको बारेमा केही भन्न सकिने बताउनु भयो । भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै सीमामा रहेका समस्याका बारेमा पनि छलफल भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ