काठमाडौ ३ चैत्र ।
बाँकेको नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सिएमजी संकटा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।
नेपालगन्ज रंगाशालामा दिउँसो हुने खेलमा दुवै टोली उपाधि कब्जा गर्ने दाउमा हुनेछ । रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटासँगको उपाधि भिडान्त पक्का गरेको हो ।
यस्तै संकटा सुदुरपश्चिम ११ लाई टाइब्रेकरमा पराजित गर्दै फाइनल पुगेको हो । ए डिभिजन टोली संकटा आज सिजनको चौथो उपाधि जित्ने दाउमा हुनेछ ।
यो वर्ष भएका प्रतियोगिताहरुमा सर्वाधिक फाइनल खेलेको संकटाले विकास रनि सिल्ड, तिलोत्तमा गोल्डकप र सिमरा गोल्डकपको उपाधि जितिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार हात पार्नेछन् भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline