शुक्रबारदेखि विश्वकप चेसको छनोट प्रतियोगिता हुने

शुक्रबारदेखि विश्वकप चेसको छनोट प्रतियोगिता हुने

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २ चैत । विश्व चेस महासङ्घ फिडेको आयोजनामा हुने विश्वकप चेसको छनोट प्रतियोगिता ‘एसियन जोनल ३.२ चेस च्याम्पियनसिप’ शुक्रबारदेखि नेपालमा हुने भएको छ ।

नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एसियन जोन ३.२ का अध्यक्ष राजेशहरि जोशीले जानकारी दिनुभयो । यसअघि नेपालले विसं २०७१ मा पहिलो पटक सो प्रतियोगिता आयोजना गरेको थियो ।
फिडेको विश्व चेस च्याम्पियनसिप २०१६–२०१८ अन्तर्गत आगामी वर्ष भदौ २७–असोज १२ सम्म जर्जियाको टिबीलिसीमा हुने विश्वकपका लागि एसियन छनोट भने नेपालमा हुन लागेको हो । उक्त च्याम्पियनसिपमा नेपालसँगै बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान र माल्दिभ्सका महिलातर्फ १६ र खुलातर्फ ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको पुरस्कार राशि भने रु छ लाख ५० हजार छ । यस्तै च्याम्पियनसिपको महिला र पुरुषतर्फका विजेताले ‘इन्टरनेसनल मास्टर आइएम’को उपाधि प्राप्त गर्नेछन् ।

यसैगरी नौ खेलबाट ६५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने खेलाडीले ‘फिडे मास्टर एफएम’ तथा ५० प्रतिशत अङ्क ल्याउनेले ‘मास्टर सिएम’ को उपाधि पाउनेछन् । प्रतियोगिता स्थानीय कान्तिपथस्थित होटल एलो प्यागोडामा हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी