ओलीको बोलिमा लगाम लगाउ

ओलीको बोलिमा लगाम लगाउ

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

सुसान आचार्य
लामो समयको द्वन्द र सक्रमणकालिन अबस्थालाई पार गर्दै देश बिकास र उन्नतिको  बाटोमा लम्कदै गर्दा पÞmेरि जातीय अनि  भौगोलिक  विभेद र राजनीतिक आक्रोशका कारण मुलुक पुन द्वन्द्वमा जाने होकि भन्ने डर बढेको छ ।
देशले नँया संविधान पाएको छ जनताले आफ्नो मौलिक हक अधिकारको प्रयोग गर्दै छन ,पहिचान गुम्न लागेका हरुले
फेरी आफ्नो पहिचान पाउदैछन् राजधानी केन्द्रित सत्ता अब गाउँ गाउँमा पुगेको छ ।अध्यारो देश क्रमश उज्यालो बन्दैछ ,बन्द उद्योगहरु खुल्दैछन समग्रमा भन्नुपर्दा देशले नँया काचुली फेर्दैछ ।
तर यसो हुँदै गर्दा सरकारको विपक्षमा रहेका दल र ती दल भित्र रहेका केहि उग्र प्रवृत्तिका नेताहरुको बानी व्यबहार र अभिव्यक्तिकै  कारण कतै पÞmेरि देश बिखन्डन र आन्तरिक द्वन्द्वको भुमरीमा होमिने होकि भन्ने त्रास पनि उत्तिकै बढेको छ ।
विशेषगरी पछिल्लो समय सरकार बाट बाहिर बसेको पार्टी  नेकपा  एमालेका अध्यक्ष केपि ओली सरकार बाट भएका कामकारबाही र परिबर्तनका पक्षमा कट्टर बिरोधी बनेर उभिएका छन्  ।
वास्तवमा नै भन्नुपर्दा केपि ओली सृष्टी सञ्चानल क्षमता विहिन अपूर्ण जिन हुन । लिम्वुवान राजकीय किपट शासित मनोदशाको गाँउमा जातिय विभेद, अपहेलित र तिरस्कृत ब्यावहार भोग्दै प्रतिशोधी बालमनोबिज्ञानमा हुर्किए ।  भुबनोट, गरिबी, बेरोजगार, अन्योल भविष्य बोकेर झापा झरे ।  यहाँ अझ चरम अभावमा बिक्षिप्त भई जमिन्दार धर्म प्र. ढकाल र रसिया पढ़ाई सकेर भर्खर आएको छोराको आफनै हातले घाँटी रेटी सम्पत्ति लुटेर फÞरार भए । सो हत्या अभियोगबाट बच्न पार्टीमा प्रवेश गरी सो हत्याकाण्डलाई किसान बिद्रोह नामाकरण गर्न सफल भए । भूमिगत कालमा धेरै आदीवासीहरूलाई सुकुम्बासी बनाए कोही बल्खु पार्टी अफिसमा झुण्डीने अवस्था नै बनाए । २०४८ र ०५१ सालमा २ बिगा जमिन र १ हल गोरू दिन्छु, रतुवा र मावाको पाता कस्छु भन्दै ढाटेर चुनाव जिते । भारतलाई महाकाली, पञ्चेश्वर बिक्री गरी कमिसन आफुले लिए अनी राष्टघातको कलंक पार्टीलाई बोकाए ।
विश्व बैकले बनाउन लागेको अरूण तेस्रो परियोजनामा कमिसन नपाएर बिभिन्न भ्रम छर्दै ५६ दिन लामो सडक र संसद अबरूद्ध गरेर अरूण ३ खेदाए । त्यो अपराधले मुलुक २० बर्ष पछी धकेलियो र जनता अहिलेसम्म अन्धकारमय बस्नु परेको छ ।
०५६ मा फेरी १ घर १ रोजगार दिलाउछु भन्दै चुनाव जीत्न सफल भए । ०६४ मा पहिलो सम्बिधान सभामा लजास्पद पराजित भए अनी आफनै पार्टीको सभामुखबाट सम्बिधानसभा बिधटन गराउन लगाए । ०७० को चुनावमा यिनले पैसाको कुलो र गिताको कÞसमले सभासद भए । कुनै योग्यताले नभई स्वास्थ्यको भिख र भारतिय लगानीमा पार्टी अध्यक्ष बने ।
प्रधानमन्त्री हुने आस्वासनले मात्र सम्बिधान जारी गर्न राजÞी भए । गर्भेशत्रु माओवादीले बोकेर प्रधानमन्त्री बनाईदियो । अनी ६ जना बृद्धहरू उपप्रधानमन्त्रीहरू बनाएर दुनिया हसाए । आफनै पार्टीकी राष्ट्रपति लाई  टक्र्याउन सफल भए । आफनै मधेसी जनतासँग वार्ता कहिल्यै गरेनन तर भारतको गÞुलामी गर्न ६ पटक बिदेश मन्त्रीबाट अथक प्रयास विफलता पछि बदलापूर्ण अहंकारमा अहिले भारतिय सत्ताको बिरूद्ध आफनो जेहादीहरूलाई सडक  तमासा देखाएर घुर्काईरहेका छन तर पार्टिको दस्तावेजÞमा भने  नेपालको प्रधान शत्रु भारतिय बिस्तारवाद हो भनेर लेख्ने हिम्मत गरेका  छैनन।
अफवाह फैलाएर समाज भाडिरहेछन देश जलाईरहेछन् ।  आफनै मधेशी दाजुभाईलाई नस्लिय राष्ट्रवादी देखाईरहेछन् ।  उनको नस्लिय सोच, खÞुराफÞाती ब्यावहार, छलछाम प्रबृतीबाट यो देश र जनताले दुख, पिडा मात्र पाउने हो ।
पछिल्लो समय बनेको माओवादी कागँ्रेस मिलिजुली सरकार ले गरेको जनमुखी र उत्तरदायी कामकारबाही ओली रएमाले लाइ देखि सक्नु भएको छैन । हुनत यहाँ माओबादि र पुर्व माओवादीले  सुनकै घर बनाइदिएपनि बिरोध हुन्छ ।
आज भोलि त जनमुखी काम गर्ने हरुको भन्दा  देशको श्रोत साधन,नदीनाला,सस्तोमा  नाफामुलक आयोजना बेच्नेहरुको गफ र चुट्किलाहरु मात्रै बिक्छ ।
बाबुरामको योजना भन्दा सपनाको रेल बढी कुद्छ
हिजो प्रचण्डले भारतिय पुजारी लखेटौँ भन्दा चौतर्फी बिरोध भयो । आज भारतसँगको सम्बन्ध सुधार गरेर अगाडि बढौँ भन्दा देशै बेच्न लाग्यो भन्छन्।
१२ वर्ष पछि सत्ताको स्वादबाट आफ्नै मुर्खाताका कारण बहिरिएका  ओली एमाले अहिले घाइते बाघ जस्तो हिंस्रक र असन्तुलित बनिरहेका छन  ।  प्रचण्ड नेतृत्वको सरकारले गरेका हरेक राम्रा कामहरुलाई पनि नियतबस र योजना बद्द तरिकाले गलत प्रचार गराईरहेका  छन् ।   आफ्ना एजेन्टहरु परिचालित गरि एकदम कपोलकल्पित र  भ्रामक न्युज बनाउने र ब्यापक प्रचार गर्ने नै यिनीहरुको दिनचर्या बनेको छ ।
अझ प्रचण्डको त हरेक पाइला पाइला कोट्ट्याएर खोजिरहेका छन । हर हालतमा प्रचण्डलाई गलत सावित गर्ने एक मात्र लक्ष्यका साथ् ओली र एमाले नेताहरु लागिपरेका छन् । यस्तो लाग्छ तिनले प्रचण्डका बिरुद्द प्रचार गर्न छुट्टै प्रोपोगान्डा बिभाग खोलेका छन् ।
पछिल्लो समय एमाले अध्यक्ष ओली उखान टुक्का र भाषण सुनाएर नै चर्चामा आएका छ्न नेपाली मधेसी जनताले आफ्नो अधिकार माग्दै गर्दा कहिले बिहारी त कहिले कुहिएको आँप भन्दै अपमान गर्छन ,आदिवासी जनजाति लाई बादर र भेडा भन्दै तुच्छ र अपमानित बनाउछन । उनको मन मस्तिष्कमा हेपिएका र पेलिएका समुदाय लाई माथी आउनै दिनु हुन्न भन्ने सोचाइ छ ।
अधिकार माग्नु भनेको रास्ट्र टुक्राउनु हो भन्दै गाउँ घरका सोझासाझा जनतालाइ मिडिया मार्फत भ्रम छर्न पाकेको भात छोडेर दौडिएका छन यतिखेर केपि ओली ।
सरकारले स्थानीय चुनाव घोषणा गरेको छ अहिले यतिखेर चुनाव लाई लछित गरि एमाले ले  मेचि महाकाली नाम दिएर आफ्नो अभियान मधेस केन्द्रित गरेको छ भने ओलीबाट हिजो गरिएका छुद्र र अपमानित व्यबहार को बदला तिर्न तराई बासी कुरि बसेको देखियो ।केहि दिन अघि मात्रै सप्तरीमा एमाले ओलीले दिएको अभिव्यक्ति कै कारण आन्दोलन हुदा पाच जना निर्दोष नेपालीले ज्यान गुमाउनु पर्यो ।
एमालेले मेची महाकाली अभियान सुरु गर्नु पुर्ब नै मधेसका विभिन्न गाउँमा एमाले निषेध भन्दै जनता आक्रोशित भएर बसेका बेला आफुले गरेको अपमान प्रति अलिकति पनि मनन  नगरी पÞmेरि तिनै गाउँ बस्तिमा गयर अनेकौं उखान टुक्का जोड्दै भाषण दिन थाले पछी बल्ल बल्ल निभेको आगो पÞmेरि सल्किएको छ ।
सरकार बाट भएका राम्रा काम कारबाहीको समेत बिरोध गर्न बानिनै परिसकेका ओलि कहिले सरकार लाई सिन्को भाच्न सकेन भन्छन त कहिले सरकार अलच्छिना रहेछ भन्दै सार्बजनिक अभिव्यक्ति नै दिन्छन ।
पुर्ब प्रधानमन्त्री सम्म बनी सकेका ओलिले देखाएको यो घृणित प्रवृत्ति र अपमान जनक व्यबहार ले कतै देश भित्र नै आन्तरिक द्वन्द्वको सिर्जना हुनेहोकि भन्ने चिन्ता बढ्न थाली सकेको छ ।
राजनीतिमा स्थाइ  दुश्मन हुदैन भनिए पनि यतिखेर ओलि कट्टर दुश्मनी व्यबहार सरकारमा रहेका दल र मधेसी आदिवासी जनजाति प्रति देखाउदैछन । अनावश्यक र बिबादास्पद अभिव्यक्ति र अपमानित व्यबहार गरेर चुनावमा जित्लान या हार्लान नजिजा हेर्न बाकी  नै छ  तर  यस्तै व्यबहार कै कारण एमाले पार्टी र ओलिले भने  ठुलो छेती ब्यहोर्नु पर्ने निस्चित छ ।
तसर्थ सत्ता बियोग  बाट बिछिप्त बन्दै आत्तिएका  पुर्ब प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपि ओलिलाइ सम्यमता पुर्बक अघि बढन र ओलीको  बोलिलाई लगाम लगाउन एमालेका ईमानदार कार्यकर्ताले बेलैमा सोच्नुपर्ने देखिन्छ ।

यो लेखकको निजी बिचार हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी