प्रधानमन्त्रीसँग श्रीलंकाका सेना प्रमुखको भेट

प्रधानमन्त्रीसँग श्रीलंकाका सेना प्रमुखको भेट

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सँग श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डि सिल्भाले शिष्टाचार भेट गर्नुभएको छ ।
बुधबार दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्री लंकाबीच विगत ६० बर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको र यसखालका उच्चस्तरका भ्रमणले आपसी सम्बन्धलाई अझ उचाईंमा पुᆬयाउने बिश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले श्री लंकाबाट नेपालले पाएको न्यानो सदभावप्रति आभार व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया विश्वकै मौलिक र नमूनायोग्य भएको भन्दै नेपालले विभिन्न चरणमा श्रीलंकाको अनुभववाट सिक्ने मौका पाएको अनुभव सुनाउनु भयो ।
भेटका अवसरमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धको जन्मभुमि भएकाले श्रीलंकाका धेरै जनता यहाँ आउन अति उत्सुक रहेको बताउँदै आफूले पहिलो पटक सुन्दर देश नेपालको भ्रमण गर्ने अवसर पाएकोमा आभार प्रकट गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ