काठमाडौ २ चैत्र ।
आगामी मार्च २५ देखि बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आइसिसीका प्रतिनिधी विकेटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले ४ वैकल्पिक सहित १९ जना खेलाडी छनौट गरेका हुन् ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएको छ ।
टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
यस्तै वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।