लेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश

लेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २ चैत्र । 

इंग्लिस क्लब लेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले घरेलु मैदानमा स्पेनिस क्लब सेभिल्लालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको अन्तिम १६ अन्तरगत दोस्रो लेगको खेलमा सिटीले सेभिल्लालाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकालेको हो । सिटी पहिलो लेगमा सेभिल्लासँग २–१ ले पराजित भएको थियो ।

निरन्तरको खराव प्रर्दशनपछि मुख्य प्रशिक्षक क्याउडियो राईनेरीलाई बर्खास्त गरेको लेस्टरले च्याम्पियन्स पछिल्लो लिगमा ऐतिहासिक सफलता हात पारेको हो ।

सिटीका लागि कप्तान वेस मोर्गान र मार्क अलब्राइटनले एक एक गोल गरे । २७ औं मिनेटमा मोर्गानले गोल गर्दै पहिलो हाफमा लेस्टरलाई १–० को अग्रता दिलाए । ५४ औं मिनेटमा अलब्राइटनले अग्रता दोब्बर पारे ।

७४ औं मिनेटमा समिर नास्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भने सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र आगामी शुक्रबार सार्वजनिक गरिनेछ । अहिलेसम्म लेस्टर सिटीसहित युभेन्ट्स, बार्सिलोना, रियल मड्रिड, बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डले अन्तिम ८ मा स्थान बनाइसकेका छन् ।

लिग अन्तरगत आज राति एथ्लेटिको मड्रिड र वार्यन लेभरकुशन तथा म्यानचेस्टर सिटी र मोनाकोबिचको खेल हुनेछ । यी दुई खेलपछि लिगको अन्तिम ८ मा पुग्ने थप दुई टिमको टुंगो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी