मोर्चाले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने

मोर्चाले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २ चैत्र ।
आफूहरुको माग सम्बोधनका लागि सरकार तत्पर नदेखिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेशी मोर्चाले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

संविधान संशोधन प्रस्ताव पारित गर्न र स्थानीय तह निर्वाचन घोषणा फिर्ता लिन सरकारलाई दिएको एक साताको अल्टिमेटम हिजो सकिएसँगै मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो ।

राजधानीको बिजुलीबजारस्थित तमलोपा कार्यलयमा दिउँसो १ बजे बस्ने बैठकले मोर्चा सचिवालयले तयार पारेको आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिनुका साथै सरकारको समर्थन फिर्ता लिने सम्बन्धमा पनि औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आफूहरुले दिएको समयसिमाभित्र माग पूरा गर्न सरकार गम्भिर नभए समर्थन स्वतः फिर्ता हुने बताएको मोर्चाले सरकारबाट बाहिरिएको औपचारिक पत्र संसदमा दिने नदिने बारेमा भने निर्णय गरेको छैन ।

मोर्चाका शिर्ष नेताहरु सम्मिलित आजको बैठकले सचिवालयले तयार पारेको आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिने मोर्चा आवद्ध दल राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

मोर्चा सचिवालयले चैत्र ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने, १२ देखि ३० गतेसम्म एक दिन बिराएर निर्वाचन कार्यलय घेराउ लगायत सडक संघर्षका कार्यक्रम र वैशाखको पहिलो साताबाट अनिश्चितकालिन आम हडतालका कार्यक्रम गर्नेगरी खाका तयार पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ