काठमाडौ ,२ चैत्र ।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेपछि बस्ने बैठकमा गाउँ तथा नगरपालिका क्षेत्र सम्बन्धी विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
संसदको पछिल्ला बैठकहरुमा संविधान संशोधन विधेयकलाई थाती राख्दै निर्वाचनसँग सम्बन्धी केही विधेयक र विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत भइरहेका छन् ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले संविधान संशोधन विधेयक सदनमा पेश गरेपनि दलहरुबीच सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।
यस्तै प्रमुख दलहरुबीच थ्रेस होल्ड लगायतका विषयमा मतभेद देखिएपछि राज्य व्यवस्था समितिले राजनितिक दल सम्बन्धी विधेयकलाई अन्तिम रुप दिन नसक्दा उक्त विधेयक पनि सदनमा पेश हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline