सरोज थापा
चैत्र ०१ डोल्पा । खानेपानि तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते फोक्सुण्डो गएको टोली सम्पर्क बिहिन भएको छ । फागुन २४ गते बिहान फोक्सुण्डोको लागि गएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेन सहित १२ जनाको टोली एक साता बिति सक्दा पनि सम्पर्कमा आएका छैनन् ।
सरसफाइको अबस्थाका बारेमा अनुगमनमा फोक्सुण्डो गएका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेनसँगै खानेपानि कार्यालय डोल्पका कार्यालय सहयोगि काँशिराम उखेडा,नयाँ शक्ति नेपालका प्रतिनिधि चन्द्र गूरुगँ,गैरसरकारी सँस्था सेप्ड्रा नेपालकी फिल्ड सुपरभाइजर जुन कुमारि हिराचन,सो सँस्थाका अर्का कर्मचारि छेवागँ लामा रहनु भएको छ ।
उक्त अनुगमन टोलीसँग नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय कोर्डिनेटर अब्दुल सइम अन्सारि एनसिसिएसपि डोल्पा जिल्लाका सँयोजक सन्तोष खनाल उहाँकि धर्म पत्नी लेखापाल तारा प्रसाद आचार्य र कार्यालय सहयोगि धनरुप कार्कि फोक्सुण्डो ताल भर्मणको लागि जानु भएको थियो । फोक्सुण्डो गएको टोली सँगै शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना गेमस्काउट पनि गएका छन ।
नेपाली सेनाले खोजी कार्य गर्ने भनिए पनि नेपाली सेनाको जनशक्ति थोरै भएको कारण शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका १२ जना गेमस्काउटको टोली सँचार सेट सहित खोजीको लागि आजै बिहान हिडेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सँरक्षण अधिकृत रामदेब चौधरिले जानकारि दिनु भएको छ ।
नेपाली सेनाको जनशक्ति कम भएको र कुन ठाँउमा रहेका छन भन्ने कुराको जानकारि नै नँभएको र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा नेपाल प्रहरि परिचालन गर्न नँमिल्ने भए पछि अन्योल देखिएको छ । सञ्चारको कुनै पनि साधन छैन । भारि हिमपातले पैदल मार्गबाट आउन नँसके टोली रहेको जानकारि पाए हेलिकप्टरबाट भए पनि खोजी तथा उद्धारमा लाग्ने तयारि भएको र सुचनाको प्रतिक्षामा रहेकोे प्रमूख जिल्ला अधिकारि केशव राज आचार्यले जानकारि दिनु भयो ।
यसरि २४ गते बिहान दुनैबाट गएको टोली २७ गते फकिैनु पर्ने भए पनि एक साता बिति सक्दा सम्पर्कमा नआउदा आफन्तहरु आत्तिीएका छन । अनुगमनमा गएको टोली हिमपातले सम्पर्कमा नँआउदा आफन्तले चिन्ता ब्यक्त गरेका छन । अब मँगलबार बिहान नेपाली सेनाको टोलीले खोजी गर्ने भएको प्रमूख जिल्ला अधिकारि केशव राज आचार्यले जानकारि दिनु भयो । अनुगमन गएको टोली फोक्सुण्डो पुगेकै दिनमा हिमपात भए पछि यस्तो सम्स्या आएको र फोक्सुण्डोका केहि स्थानियले सुरक्षित रहेको बताए पछि केहि हत सम्म सान्तीको महसुस गरेको पनि प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो ।

फागुन २४ गते अनुगमनको टोली सदरमुकामबाट हिडेको र २६ गते बिहानबाट हिमपात हुन लागे पछि टोली सम्पर्कमा आउन नँसकेको हो । आफन्तले निरन्तर खोजी गरेपछि र अनुगमनमा गएको टोली सम्कर्पमा नँआए पछि प्रमूख जिल्ला अधिकारिको सँयोजकत्वमा आकस्मीक बैठक बसि मँगलबार बिहान नेपाली सेनको एक टोली खोजीको लागि फोक्सुण्डो जाने भएको खानेपानि तथा सरसफाइ सब डिभिजन प्रमूख उमेश झा ले बताउनु भयो । पैदलमार्गबाट नँसकिए हेलीकप्टरको समेत प्रयोग गरिने र आफन्तलाइ कुनै चिन्ता नँगर्न पनि झा ले बताउनु भयो ।

डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारि रहेको बेलमा क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले डोल्पा जिल्लाको अनुगमन गरि रहेको छ । जिल्लका बिभिन्न गाविसमा बिभिन्न टोलीमा बिभाजित भइ सरसफाइको अबस्थका बारेमा अनुगमन भइ रहेको छ । सोहि अनुसार एक टोली फोक्सुण्डो गाविसमा गएको थियो । यसरि अनुगमनमा गएको टोली एक साता सम्म जिल्लामा नँफर्कि सम्पर्क बिहिन भए पछि प्रमूख जिल्ला अधिकारिलाइ उनिहरुका आफन्तबाट दवाब आउन थालेको बताईको छ ।