एमालेको आमसभा बिथोल्ने मोर्चाको प्रयास

एमालेको आमसभा बिथोल्ने मोर्चाको प्रयास

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

बाके , १ चैत ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज नेपालगन्जमा हुने आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।

उनीहरुले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका सवारीलाई रोकेका छन् । एमालेको सभाविरुद्ध मोर्चाले बन्दसमेत आह्वान गरेको छ ।

सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मोर्चाले अबरोधको प्रयास गरेपछि नेपालगन्जको रामलीला मैदानमा आमसभाको तयारी गरे पनि एमालेले सडक डिभिजन कार्यालयमा सारेको जनाएको छ ।

सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ