एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँके र बर्दियामासभा हुदै

एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँके र बर्दियामासभा हुदै

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, चैत १।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँके र बर्दियामा कार्यक्रम हुदै छ ।

एमालेले आज बाँकेको नेपालगन्जमा मध्यान्ह १२ बजे र त्यस पछि बर्दियाको गुलरियामा अपरान्ह तीन बजे सभा गर्न लागेको जनाएको छ ।

दुवै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नु हुने छ । एमालेले सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौडाबाट पुनस् अभियान थालेको हो ।

स्थानीय तहको चुनाव संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली अभियान चलाइरहेको जनाएको छ । अब कैलाली कन्चनपुर र सुर्खेत गरी आज सहित ८ स्थानमा सभा हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

गत २१ गतेबाट झापाको काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर आगामी ५ गते सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ