स्थानीय तहले आजदेखि काम थाल्दै

स्थानीय तहले आजदेखि काम थाल्दै

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, चैत १।
सात सय ४४ स्थानीय तहले आज देखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधान अनुसार सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आज देखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् ।

बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा सुरु गर्ने गरी तयारी गरिएको स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।

संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरेको छ । स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ ।

स्थानीय तहले काम थालेसँगै संविधान र संघीयता कार्यान्वनयको एउटा महत्वपूर्ण चरण पूरा हुने छ । यस्तै स्थानीय तह तत्काल सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन स्थानीय विकास मन्त्रालयले गरेको छ ।

महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ