काठमान्डौ चैत १।
नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल पतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुदै छ ।
आज हुने दोस्रो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस र रुपन्देही ११ आमने सामने हुने छन् । उपाधि होडमा हुने यी दुइ टोली विचको खेल दिउसो हुने छ ।
यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटाले सुदुरपश्चिम ११ लाई ट्राइब्रेकरमा ५ – ४ गोल अन्तरले पाखा लगाउदै उपाधि यात्रा तय गरेको हो ।
संकटाले अव विहीबार प्रतियोगिताको उपाधिका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline