काठमान्डौ फागुन ३० । उत्कृष्ट फिल्डिगं तथा कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह एरीको विष्फोटक व्याटीगंको मद्धतमा नेपालले केन्यालाई दोस्रो खेलमा ७ विकेटले हराएको छ । केन्यालाई कसिलो बलिगं गरेर १ सय ५५ रनमा ४६.१ ओभरमा अलआउट गरे पछि एक सय ५६ रनको लक्ष्य पछ्याउन नेपाल मैदानमा ओर्लिएको थियो । नेपालले उक्त लक्ष्य ३०.२ ओभरमा पुरा गर्यो ।
कप्तान ज्ञानेन्द्र मल्लले ओपगिं देखि नै सम्हालिएर व्याटीगं गर्दै अविजीत ६४ रन बनाए भने अन्तराष्ट्रिय म्याचमा डेब्यु गरेको दोस्रो खेलमै दिपेन्द्र सिंह ऐरीले ६२ रन जोडे पछि नेपालले जीत हासिल गरेको हो ।
कप्तान मल्लले ९३ बलमा ८ चौका र १ छक्का सहित ६४ रन जोडे भने दिपेन्द्र ऐरीले ६६ बल खेल्दै ८ चौका र एक छक्का हानेर ६२ रन बनाएका थिए ।
शुरुमै ओपनर सुनिल धमला एक रनमा र सागर पुन ५ रनमा आउट भए पछि दवावमा आएको नेपालको पारी ज्ञानेन्द्र र दिपेन्द्रले उकासेका थिए । उनीहरुले एक सय ११ रनको पारी खेले ।
दीपेन्द्र बाहिरीए पछि ब्याटीगं गर्न आएका शरद भेस्वाकरले विष्फोटक ब्याटींग गर्दै ११ बलमा ४ चौका र एक छक्का सहित २४ रन जोडेर लक्ष्य पुरा गरेका थिए ।
शरद भेस्वाकर र मेहेबुब आलमले घातक बलिङको मद्धतमा केन्याको पारी कमजोर भएको थियो ।
केन्यालाई सस्तोमै समेट्ने क्रममा शरद भेस्वाकरले सबै भन्दा बढी ४ विकेट लिए । उनले ७ ओभरमा २८ रन दिएर ४ विकेट झारेका थिए ।
त्यस अघि मेहेबुब आलमले नेपालका लागि २ विकेट लिएर ५ मेडन राखे पछि केन्या दवावमा परेको थियो ।
केन्यालाई सस्तोमै समेट्ने प्रयासमा नेपालका अलराउण्डर भेट्रान खेलाडी महबुब आलमले त्सै गरी बसन्त रेग्मीले २ तथा सागर पुन र सन्दीप लामीछानेले एक एक विकेट लिन सफल भए ।
केन्याका ओबुयाले सर्वाधीक ४८ रन जोडेका थिए ।
आजको खेलमा पनि कप्तान पारस खड्का खेल्न सकेका थिएनन् । वर्षाले प्रभावित बनाएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।
आजको खेलमा मौसमले पनि साथ दिएका कारण हजारौ दर्शकको साथ पाएको थियो नेपाली टिमले ।
आजको खेलको जीतका बाबजुद नेपाल च्याम्पियनसिपको छैटौ स्थानमा कायम रहेको छ । नेपालले अब हगंकगं र युएई विरुद्ध खेल्न बाकीँ रहेको छ ।