नेपालको उत्कृष्ट फिल्डिङ , केन्या १ सय ५५ रनमा अलआउट

नेपालको उत्कृष्ट फिल्डिङ , केन्या १ सय ५५ रनमा अलआउट

  • सोमवार, फाल्गुन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ फागुन ३० । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत अहिले नेपालले केन्या विरुद्ध उत्कृष्ट फिल्डिङ गर्दै ४६ ओभरमा एक सय ५५ रनमा अलआउट गरेको छ ।
शरद भेस्वाकर र मेहेबुब आलमले घातक बलिङको मद्धतमा केन्याको पारी कमजोर भएको थियो ।

केन्यालाई सस्तोमै समेट्ने क्रममा शरद भेस्वाकरले सबै भन्दा बढी ४ विकेट लिए । उनले ७ ओभरमा २८ रन दिएर ४ विकेट झारेका थिए ।
त्यस अघि मेहेबुब आलमले नेपालका लागि २ विकेट लिएर ५ मेडन राखे पछि केन्या दवावमा परेको थियो ।

केन्यालाई सस्तोमै समेट्ने प्रयासमा नेपालका अलराउण्डर भेट्रान खेलाडी महबुब आलमले त्सै गरी बसन्त रेग्मीले २ तथा सागर पुन र सन्दीप लामीछानेले एक एक विकेट लिन सफल भए ।
अब नेपालले केही बेरमा जवाफी व्याटीङ शुरु गर्ने छ ।

आजको खेलमा पनि कप्तान पारस खड्का खेल्न सकेका छैनन् । वर्षाले प्रभावित बनाएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

पहिलो खेल हारे पनि नेपालका लागि आज हुने दोस्रो खेल महत्वपूर्ण मानिएको छ ।आजको खेल जित्न सकेको खण्डमा नेपाल शीर्ष चारमा रहने सम्भावना अझै जीवित रहने छ । हारले भने नेपालको सम्भावना टर्नेछ ।

नेपाललाई हराएपछि केन्याले नौ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ६ अंक बनाएको नेपाल तालिकाको छैटांै स्थानमा छ ।

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी