गृहराज्यमन्त्रीको जिम्मेवारीमा बानियाँ नियुक्त

गृहराज्यमन्त्रीको जिम्मेवारीमा बानियाँ नियुक्त

  • सोमवार, फाल्गुन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं फागुन ३०।
सरकारको गृहराज्यमन्त्रीको जिम्मेवारी इन्द्र बानियाँले पाउनु भएको छ । कांग्रेस सांसद बानियाँले यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो । भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्री लाई भेट्न पुगेका गृहमन्त्री विमलेन्द्र निधीले आज बिहान बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुनुहुन्छ । यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ