प्रधानमन्त्री र मन्त्रीहरु विचको छलफल बालुवाटारमा जारी

प्रधानमन्त्री र मन्त्रीहरु विचको छलफल बालुवाटारमा जारी

  • सोमवार, फाल्गुन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमान्डौ फागुन ३०।
आसन्न स्थानीय तह निर्वाचन र सरकारको पछिल्लो कामकारवाहीबारे समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज महत्वपूर्ण मन्त्रालय सम्हालेका केही मन्त्रीसँग छलफल गरिरहनुभएको छ ।

राजधानीको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले जारी छलफलमा अर्थ, परराष्ट्र, उद्योग, आपूर्ति, बाणिज्य, उर्जा र कानुन मन्त्री तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका छन् ।

निर्वाचन आयोगले आगामी बिहीवार भित्र सम्पूर्ण ७ सय ४४ वटै स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्न निर्देशन दिएपछि प्रधानमन्त्री दाहालले अहिले मन्त्रीहरुसँग छलफल गर्न लाग्नु भएको हो ।

दूरसञ्चार कम्पनी एनसेललाई कर छुट दिने गरी सरकारले गरेको निर्णय आलोचित भएपछि सो बारे समेत आजको बैठकमा छलफल हुने छ ।

यस्तै एसएसबीको गोली लागि कञ्चनपुरमा एक युवकको मृत्यु भएको बिषयबारे भारतको धारणा र अनुसन्धत्रानबारे प्रधानमन्त्रीले परराष्ट्र मन्त्री प्रकासशरण महतसँग जानकारी लिनु हुनेछ । यस्तै बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने वातावरणबारे समेत कुराकानी हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ