एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुदै

एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुदै

  • सोमवार, फाल्गुन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, फागुन ३०।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदैछन् ।

एमालेले आज बिहान ११ बजे कपिलवस्तुको जितपुर चार नम्बरमा र दिउँसो १ दाङको लमहीमा सभ ागर्ने जनाएको छ । दुवै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नु हुने छ ।

दुवै ठाउँमा सभा सकेर नेता कार्यकर्ताको ¥याली आज बाँकेको कोहलपुरमा बास बस्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौडाबाट पुनस् अभियान थालेको हो ।

स्थानीय तहको चुनाव संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली अभियान चलाइरहेको जनाएको छ ।

कार्यकर्ताको सुझाव अनुसार आगामी दिनमा थप रणनीति बनाउने एमालेले जनाएको छ । गत २१ गते काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ