आइसिसी वल्र्ड क्रिकेट लिगमा नेपालले आज केन्या दोस्रो खेल खेल्दै

आइसिसी वल्र्ड क्रिकेट लिगमा नेपालले आज केन्या दोस्रो खेल खेल्दै

  • सोमवार, फाल्गुन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ फागुन ३० ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले आज केन्यासँग दोस्रो खेल खेल्दैछ । नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

खेल राजधानीको किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आज विहान साढे ९ बजे पछि सुरु हुनेछ । वर्षाले प्रभावित बनाएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

पहिलो खेल हारे पनि नेपालका लागि आज हुने दास्रो खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ । आजको खेल जित्न सकेको खण्डमा नेपाल शप्र्ष चारमा रहने सम्भावना अझै जीवित रहने छ । हारले भने नेपालको सम्भावना टर्नेछ ।

लिगमा नौ नौ खेल सकेका केन्या र नेपाल क्रमश पाँचौ र छैटौं स्थानमा छ । नेपाललाई हारार्ए पछि केन्याले नौ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ६ अंक बनाएको नेपाल तालिकाको छैटांै स्थानमा छ ।

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी