नेपालगन्ज गोल्ड कपमा मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कपमा मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

नेपालगन्ज, २९ फागुन । नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक÷एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।

नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी