राप्रपाका नेता प्रकाशचन्द्र लोहनीद्धारा पार्टी परित्यागको घोषणा

राप्रपाका नेता प्रकाशचन्द्र लोहनीद्धारा पार्टी परित्यागको घोषणा

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमान्डौ फाल्गुन २९।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गर्नु भएको छ । पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका लोहनीले राजधानीमा आज पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको औपचारिक जानकारी गराउनु भएको हो । पार्टी एकीकरणपछि अध्यक्ष थापाले मनोमानी गरेको भन्दै लोहनी रुष्ट हुनुहुन्थ्यो ।

पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूत सिफारिसमा सल्लाह नगरेको लगायतमा लोहनीको असन्तुष्टी थियो ।

यस्तै उहाँले पार्टी परित्याग गरेपनि राजनीतिबाट भने निश्क्रिय नहुने बताउनु भएको छ । आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीको भनाई छ ।

एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ