काठमाडौ २९ फागुन ।
संविधान कार्यनवयन र राष्ट्रिय एकता बलियो बनाउने उदेश्यसहित नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तरगत आज रुपन्देहीको भैरहवा र बुटवलमा सभा हुदैछ ।
त्यसअघि मध्यान्न नवलपरासीको भुमईमा आमसभा गर्ने तयारी भएको सो पार्टीले जनाएको छ । हिजो चितवन र नवलपरासीमा सभा गरेको एमालेको टोली आजै रुपन्देही प्रस्थान गर्ने बताइएको छ ।
रुपन्देहीमा आयोजना हुने दुई वटा सभाका लागि दिउसो १ बजे भैरहवा र अपरान्ह ३ बजे बुटबल जाने पार्टी उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुको सहभागिता रहने छन् ।
रुपन्देहीमा हुने सभा तथा सम्भावित घटनालाई मध्यनजर गर्दै सभास्थलमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानिय प्रशासनले जनाएको छ ।