काठमाडौ २९ फागुन ।
पछिल्लो समय खराब प्रदर्शन गरेको आर्सनलले एफए कपको क्वाटरफाइनलमा शानदार प्रदर्शन गरेको छ । गएराति सम्पन्न खेलमा लिंकन सिटीलाई ५–० ले पारजित गर्दै आर्सनलले एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ ।
पछिल्ला केही खेलमा खराब प्रदर्शन गरेको आसर्नलले घरेलु मैदानमा भएको खेलमा लिंकन सिटीमाथि शानदार जित दर्ता गरेको हो । आर्सनलका लागि थियो वालकोट, ओलिभर जिरउड, एलेक्स सान्चेज र आरोन रामसीले एक एक गोल गरे ।
लिंकन सिटीका वाटरफलले आत्मघाती गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा वालकोटले गोल गरेपछि आसर्ननलले १–० को अग्रता लियो । दोस्रो हाफमा आर्सनलले थप चार गोल र्गयो ।
५३ औं मिनेटमा जिरउडको गोल तथा ५८ औं मिनेटमा वाटरफलले गरेको आत्मघाती गोलपछि आर्सनलको अग्रता ३–० मा पुग्यो । सान्चेजले ७२ औं मिनेटमा तथा रामसीले ७५ औं मिनेटमा गोल गरेपछि आर्सनल ५–० ले विजयी भयो र अन्तिम चारमा पुग्यो ।