होलीले नेपालीबीच भाइचारा र घनिष्ठता अभिवृद्धि गर्न सहयोग पुगोस् : प्रधानमन्त्री

होलीले नेपालीबीच भाइचारा र घनिष्ठता अभिवृद्धि गर्न सहयोग पुगोस् : प्रधानमन्त्री

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनु भएको छ ।

फागुपूर्णिमाको अवसरमा शुभकामना दिनु हुदै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउने समेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने यस फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताउन ुभएको छ ।

फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ