विविध चाडपर्व तथा संस्कृतिलाई सम्वद्र्धन गरी समृद्धितर्फको यात्रा तय गर्नु वर्तमान दायित्व : राष्टपति

विविध चाडपर्व तथा संस्कृतिलाई सम्वद्र्धन गरी समृद्धितर्फको यात्रा तय गर्नु वर्तमान दायित्व : राष्टपति

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ २९ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रूपमा रहेको हाम्रो मुलुकमा रङहरूमा रमाएर हर्षेल्लासका साथ मनाइने यस पर्वले सबै नेपालीमा खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ ।

फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभयो ।

मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु वर्तमानको दायित्वसमेत रहेको उहाँको भनाइ छ ।

राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरूको पर्वको रूपमा मनाइने नेपालीहरूको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।

होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ