नेपाल एक चीन नीति प्रति प्रतिवद्ध : देउवा

नेपाल एक चीन नीति प्रति प्रतिवद्ध : देउवा

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युन जिविङबीच भेटवार्ता भएको छ ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो ।

उक्त भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलका नेताले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध बढी प्रगाढ बनेको तथा यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको बताउनु भएको थियो ।
चिनियाँ प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिँदै चिनियाँ नेता तथा जनता उहाँलाई चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी गराएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त भेटघाटका क्रममा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिबद्ध रहेको र यसमा शङ्का गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको थियो ।

नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताले गर्दै आएको सहयोग र सद्भावको उच्च सराहना गर्दै सभापति देउवाले उपयुक्त समयमा चीन भ्रमण गर्नेसमेत चिनियाँ प्रतिनिधिमण्डललाई आश्वस्त पार्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ