काठमाडौ २८ फागुन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले केन्या विरुद्धको खेल वर्षाले प्रभावित भएर डक वर्थ लुईस मेथडमा जादा पराजय ब्यहोर्न बाध्य भएको छ । नेपालले ३८ ओभरमा छोटईएको खेलमा ३६ ओभर खेलेर १ सय १२ रन बनाएको थियो । पानी परेर रोकिए पछि पुनः केन्यालाई सो मेथड अनुसार १ सय चार रनको चूनौती दिईएको थियो ।
तर साढे ५ बजे पछि पुनः वर्षा भए पछि २६ ओभरमा ९४ रनको चूनौती केन्यालाई दिएको थियो । सोही चूनौती केन्याले ५ विकेट गुमाएर २५ औं ओभरमा पुरा गर्यो ।
नेपालका लागि सागर पुन र सन्दीप लामीछानेले दुई दुई विकेट लिए भने बसन्त रेग्मीले एक विकेट लिए । बलर सोमपाल कामीले विकेट लिन सकेनन् भने अतिरिक्त रन बढी खर्च गरे ।
नेपालले केन्या विरुद्ध खराब प्रदर्शन गर्दै कुल ३६ ओभरमा १ सय १२ रन बनाएको थियो । ज्ञानेन्द्र मल्लले २७ रन बनाएर आउट भए पछि नेपालको विकेट क्रमिक पतन भएको थियो । त्यस अघि सुनील धमलाले ३ रन बनाएर आउट भए ।
त्यस पछि सागर पुन १०, शरद भेस्वाकर ३ र विनोद भण्डारी ४ तथा महबुब आलम २ रनमा आउट भए पछि नेपाली दर्शक निराश बनेका थिए ।
त्यस पछि पारी सम्हाली रहेका दिपेन्द्र सिंह ऐरी १९ रनमा र बसन्त रेग्मी ६ रनमा आउट भए पछि नेपाल धरापमा पर्ने देखिएको छ ।
अहिले सोमपाल कामी र श िक्त गौचनले नेपालको पारी केही जोगाएका छन् । शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अवीजीत रहेका थिए ।
आजको खेलमा कप्तान पारस खड्का र बलर करण केसी अस्वस्थ्य भएका कारण खेलेनन् । प्रतियोगिताको शिर्ष चारमा समेट्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दवाव रहे पनि जीत्न नसके पछि थप चूनौती बढेको छ । आगामी सोमबार हुने खेल जीतेमा नेपालले २ अंक जोड्न सफल हुनेछ ।
यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । आठ टोली सम्मिलित जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने समान आठ खेल नै खेलेको केन्या आठ अंककै साथमा नेपालभन्दा एक स्थान अघि छ ।
नेपालले केन्याविरुद्धको अर्को खेल आगामी सोमबार खेल्नेछ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो ।