एमालेले अभियान अन्तरगत चितवन र नवलपरासीमा सभा गर्ने

एमालेले अभियान अन्तरगत चितवन र नवलपरासीमा सभा गर्ने

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ,फाल्गुन २८ ।

नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज चितवन र नवलपरासीमा सभा गर्ने भएके छ ।

सप्तरी घटनापछि हेटौडाबाट हिजो पुन सुरु भएको अभियान अन्तरगत आज एकै दिन दुई ठाउँमा सभा गर्न लागेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमाले अध्यक्ष केपि ओली सहितका शीर्ष नेताले सम्बोधन गर्ने जनाईएके छ ।

त्यसका लागी अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सभामा सहभागी हुने छन् । सो अघि एमालेले मकवानपुरसँगको सीमा क्षेत्र लोथरबाट शीर्ष नेता सहितर्को याली निकाल्ने तयारी गरेका छन् ।

एमालेले आजै प्रदेश नम्बर चार अन्तर्गत नवलपरासीको कावासोतीमा दिउँसो दुई बजेपछि सभा गर्नेछ । कावासोतीको खुल्लामञ्चमा हुने कार्यक्रमका लागि पूर्वपश्चिम राजमार्ग अन्तरगत गैंडाकोटस्थित नारायणी नदीको पुलबाट कार्यक्रमस्थल सम्म मोटरसाईकर्ल याली गरिने एमालले प्रदेश संयोजक किरण गुरुङ्गले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ