काठमाडौ २८ फागुन । बर्षाका कारण एक घण्टा सम्म शुरु हुन नसकेको आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले आज केन्याविरुद्ध खेल्ने तयारी भएको छ ।
हिजो दिउसो देखि अहिले सम्म पानी परे पछि खेल शुरु हुन सकेको थिएन ।
मौसममा सुधार आएर घाम लागे पछि टसको तयारी भएको छ । मैदानमा जमेको पानी सुकाउने प्रयास भईरहेको छ ।
आजको केन्या विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । प्रतियोगिताको शिर्ष चारमा समेट्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।
खेल किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यद्यपी वर्षाका कारण आजको खेल प्रभावित हुने देखिएको छ । पूर्वनिर्धारित समय अनुसार आज बिहान साढे ९ बजे हुने भनिएको खेल लगातार पानी परेपछि ढिलो गरी शुरु हुने तयारी भएको हो ।
नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अंक जोड्दै पाँचौं स्थानमा उक्लनेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
यस पटक श्वास्थ्यका कारण कप्तान पारस नखेल्ने देखिएको छ । उनको ठाँउमा दिपेन्द्र सिंह ऐरी र हिजो एक्कासी विरामी पेरका तीव्र गतिका बलर करण केसीको स्थानमा अविनाश कर्णलाई टोलीमा राखिएको छ ।
आठ टोली सम्मिलित जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने समान आठ खेल नै खेलेको केन्या आठ अंककै साथमा नेपालभन्दा एक स्थान अघि छ ।
नेपालले केन्याविरुद्धको अर्को खेल आगामी सोमबार खेल्नेछ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो ।
नेपाली टोलीका कप्तान पारस खड्काले आजको खेल खेल्न सक्ने नसक्ने टुगो लागेको छैन । उनले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गरेका थिए ।
पानी पर्न नरोकिए खेल भोलीका लागि सारिने क्यानका प्राविधिक विश्लेषक रमन सिवाकोटिले जानकारी दिएका छन् ।