कन्चनपुर , २८ फागुन ।
कन्चनपुर घटनाको बिरोधमा जारी आन्दोलनका कारण पश्चिम तराइ क्षेत्रको भारतसँग सिमा जोडिएका नाकाहरुमा आवतजावत कडाई गरिएको छ ।
भारतीय सिमा सुरक्षबल एसएसबीको गोलि लागेर स्थानिय गोविन्द गौतमको मृत्यु भएपछि बिरोधमा कन्चनपुर र कैलालि जिल्लामा जारी आन्दोलनका कारण सिमा नाकामा आवतजावत ठप्प छ ।
सुदुरपश्चिमको मुख्य नाका गड्डाचौकि , गौरीफन्ट सँगै कन्चनपुर कैलालीका अन्य छोटि भन्सारमा दैनिक कारोबा प्रभावित बनेको त्यहाँबाट हाम्रा सहकर्मीले जनाएका छन् ।
बिरोध प्रदर्शनका कारण पछिल्लो दुईदिन यता कैलाली कन्चनपुरमा कुनै पनि भारतीय नम्बरप्लेटका गाडिहरु आवतजावत नगरेको जनाईएको छ । सरकारले मृतक गौतमलाई सहिद घोषणा गरि परिवारलाई १० लाख राहत दिने घोषणा गरेपनि स्थानियहरु स्वस्फुर्त प्रदर्शनमा उत्रिएपछि आन्दोलन आज पनि जारी छ ।
घटनाको बिरोधमा ७ नम्बर प्रदेश अन्तरगतका अधिकाशं जिल्ला बन्द छन् । स्थानियबासिले आजपछि जारी राखेको बिरोध प्रदर्शनका कारण महेन्द्रनगर , धनगढी ,घटनास्थल पुनरवास लगायतका मुख्य बजारहरु आज पनि ठप्प छ । मुख्य तथा सहायक सडक मार्गहरुमा सवारी साधन सन्चालनमा आउन सकेको छैन ।
स्थीति थप भड्कन नदिन दुबै देशका सुरक्षाअधिकारीबीच हिजो सहमती भएपछि आजबाट झडपको अवस्था नआउने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनु भयो ।
घटना भएके तीन दिन बितिसक्दा समेत प्रहरीले मृतक गौतवको पोष्टमार्टम गरेको छैन । शव परिवारलाई दिदा स्थिती तनावपूर्ण हुने आशंकाले प्रहरीले पोष्टमार्टमका लागी केहि ढिला गरेको बताईएको छ ।