आइसिसी वल्र्ड क्रिकेट लिगमा नेपालले आज केन्याविरुद्ध खेल्दै

आइसिसी वल्र्ड क्रिकेट लिगमा नेपालले आज केन्याविरुद्ध खेल्दै

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, २८ फागुन ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले आज केन्याविरुद्ध खेल्दैछ ।

आजको केन्या विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । प्रतियोगिताको शिर्ष चारमा समेट्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।

खेल किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यद्यपी वर्षाका कारण आजको खेल प्रभावित हुने देखिएको छ । पूर्वनिर्धारित समय अनुसार आज बिहान साढे ९ बजे हुने भनिएको खेल लगातार पानी परेपछि प्रभावित हुने देखिएको हो ।

नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अंक जोड्दै पाँचौं स्थानमा उक्लनेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।

आठ टोली सम्मिलित जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने समान आठ खेल नै खेलेको केन्या आठ अंककै साथमा नेपालभन्दा एक स्थान अघि छ ।

नेपालले केन्याविरुद्धको अर्को खेल आगामी सोमबार खेल्नेछ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।

केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले आजको खेल खेल्न सक्ने नसक्ने टुगो लागेको छैन । उनले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गरेका थिए ।

पानी पर्न नरोकिए खेल भोलीका लागि सारिने क्यानका प्राविधिक विश्लेषक रमन सिवाकोटिले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी