फिलिपिन्सविरुद्व को परे को हटे राष्ट्रिय फुटवल टोलीमा ?

फिलिपिन्सविरुद्व को परे को हटे राष्ट्रिय फुटवल टोलीमा ?

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २७ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् ।

गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको अहिले खुट्टामा चोट लागेको छ । त्यतिबेला नेपालले दुवै खेलमा स्वर्ण पदक हात पारेको थियो ।

छनोट हुनेमा विकेश कुथु, किरण लिम्बू, विशाल श्रेष्ठ, एलन न्यौपाने, रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, अद्वितीय चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, जितेन्द्र कार्की, विमल बस्नेत तथा मानबाहदुर तामाङ छन् ।

त्यसैगरी विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल, विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र करण लिम्बू छनोटमा परेका छन् । एसियन कप छनोटको आफ्नो पहिलो लेगमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ मनिलाको रिजाल मेमोरियल स्टेडियममा खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी