स्वास्थ्य समस्याका कारण करण केसी अस्पताल भर्ना, केन्यासँग नखेल्ने

स्वास्थ्य समस्याका कारण करण केसी अस्पताल भर्ना, केन्यासँग नखेल्ने

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं २७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य करण केसी अकस्मात विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

पेटमा निरन्तर दुखाई र वान्ता आउने समस्याका कारण उनलाई आज अस्पतान भर्ना गरिएको टीमका टेक्निकल एलालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

परीक्षणका क्रमम करणलाई एपेन्डिक्स देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

स्वास्थ्यमा समस्या देखिएसँगै करण आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शनिबार र सोमबार केन्याविरुद्ध हुने खेलमा नखेल्ने भएका छन् ।

अब आइसिसीको सहमतिमा करणको स्थानको अर्को खेलाडी राखिने उल्लेख छ । नेपालले केन्यासँग घरेलु मैदान कीर्तिपुरमा च्याम्पियनसिपको पाँचौं चरणको दुई खेल खेल्दैछ ।

तीन साताअघि कप्तान पारस खड्काको पनि एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी