गाविस आजदेखि गाउँपालिकामा परिणत, ७४४ स्थानीय तह कायम, पुनर्संरचना सम्बन्धि प्रतिवेदन राजपत्रमा प्रकाशित

गाविस आजदेखि गाउँपालिकामा परिणत, ७४४ स्थानीय तह कायम, पुनर्संरचना सम्बन्धि प्रतिवेदन राजपत्रमा प्रकाशित

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाण्डौ, फागुन २७ । मुलुकमा औपचारिक रुपमा ७ सय ४४ वटा स्थानीय तह बनेका छन् । सरकारले स्थानिय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदनलाई आज राजपत्रमा प्रकाशित गरेसँगै पुरानो स्थानीय निकायको अस्तित्व समाप्त भई नयाँ तह कार्यान्वयनमा आएको हो ।

नयाँ संरचना अनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ । काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर २ नम्बर प्रदेशमा कम भएको गुनासोपछि सरकारले तत्कालिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल बनाएर त्यसकै सिफारिसका आधारमा संख्या बढाएको हो । यसअघि मुलुकमा ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए ।

नवनियुक्त उपप्रधान एवं संघियमामिला तथा स्थानिय विकास मन्त्री कमल थापाले आज कार्यभार सम्हाले लगतै सिंहदरबारमा पत्रकार सम्मेलन गरी स्थानीय तह राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको घोषणा गर्नुभएको हो । यसअघि सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको विवरण पठाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ