भक्तपुर, २७ फागुन । नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली सरकार भएको बताउदै यो सरकार लामो समय टिके नेपाल सिक्किमीकरण हुने चेतावनी दिनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको कन्चनपुर घटनामा मौन रहनुले स्पष्ट भएको भन्दै भारत भक्ति देखाउनैका लागि केही नबोल्नुले समेत कठपुतली भएको सबैका अघि प्रष्ट भएको बताउनु भयो ।
भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जाने भन्दै उहाँले नेपाल र नेपाली प्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्नेमा जोड दिनु भयो ।
सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलले बताउनु भयो ।
नेपालीेले त्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम भएको भन्दै गल्ती संबिधान जारीमै भएकाले यसलाई सुधार गर्न संबिधान खारेज गरि नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्ने उहाँले बताउनु भयो ।
उहाँले सप्तरीमा जसरी सरकारले नेपाली नागरिकको हत्या गर्यो सरकारलाई दिएको सम्थर्न फिर्ता लिन मोर्चाले एक हप्ते अल्टिमेटम दिनु भनेको दिल्लीे आदेशको पर्खाई भएको भन्दै आफैले सम्र्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने भनि प्रश्न गर्नु भयो ।
उहाँले प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेको पछिल्लो समयमा एनसिएलको कर छलीलाई दिन लागेको छुट र कुनै पनि मन्त्रालयका सचिवले सम्र्थन नगर्दा समेत जसरी पनि छुट दिलाउन लागि परेको भन्दै इतिहासकै कमिशन खोरी सरकार र त्यसको नेतृत्व प्रचण्डले गरिरहको आरोप लगाउनु भयो ।