कन्चनपुर हत्याको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रदर्शन गर्दै 

कन्चनपुर हत्याको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रदर्शन गर्दै 

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण २७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीद्धारा भारतीय प्रहरीले कन्चनपुरमा नेपालीको हत्या गरेको विरुद्ध आज काठमाण्डौं सहित देश भर प्रदर्शन गर्दै छ । साथै कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको समेत घोषणा गरेको छ ।
अहिले एक बजे उपत्यकाको शान्ति बाटीका सहित देशैभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने आज संवाद डबलीमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।
देशलाई मुक्त नगर्दा सम्म पार्टीले जनताको नेतृत्व गर्दै संघर्ष गरीरहने प्रकाण्डले बताउनु भयो ।

उहाले कन्चनपुरको घटना नेपालमा भारतीय हस्तक्षेप र अतिक्रमणको पछिल्लो उदाहरण भन्दै त्यसमा संलग्नलाई कार्बाही नगरे दुतावास लैनचौरमा राख्ने या नराख्ने भनेर भारतले सोच्नु पर्ने चेतावनी दिनु भयो ।

उहाँले भारतीय साम्राज्यवादको निकृष्ट हस्तक्षेपबारे सरकारले लाचारी प्रदर्शन गरेको भन्दै भारत र अमेरीकाकै डिजाईनमा घोषित चुनावले देशमा थप द्धन्द निम्त्याउने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ