काठमाडौ २७ फागुन ।
सप्तरी घटनापछि स्थगित नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि हेटौंडाबाट पुनः सुरु हुदैछ ।
सप्तरीको राजविराजमा गत सोमबार सभाका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि एमालेले अभियान तीन दिनका लागि स्थगित गरिएको थियो ।
संविधान कार्यन्वयनका लागि दवाव दिन तथा राष्ट्रिय एकता कायम गर्न भन्दै सुरु गरेको अभियान हन्तरगत एमालेले तराई मधेशका विभिन्न २२ जिल्लका ३५ स्थानमा सभा गर्ने जनाएको छ ।
दिउँसो २ बजे हेटौंडाको भुटनदेवी विद्यालय परिसरमा हुने सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभाग सिचव विष्णु रिजलले जानकारी दिनुभयो ।
एमालेको सभालाई मध्यनजर गर्दै स्थानिय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अभियान अन्र्तगत फागुन २८ गते १० बजेपछि एमालेको अभियान चितवन प्रस्थान गर्नेेछ ।