कन्चनपुर फागुण २६ । नेपालमाथि हेपाहा व्यवहार गर्दै आएको भारतको तथाकथित सुरक्षाबलले नेपाली भूमिमा पसेर आक्रमण गरेको छ । प्रतिरोधमा उत्रिएका नेपाली जनतामाथि भारतीय सुरक्षाबलले गोली हान्दा गोविन्द गौतमले शहादत प्राप्त गरेका छन् ।
भारतीय आक्रमणमा परी नेपाली सुरक्षाकर्मी सहित दर्जनौ घाईते भएका छन् ।
नेपाली भूमिमा एकतर्फी कल्भर्ट भत्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने भारतीय दुस्प्रयासको कन्चनपुरका स्थानीयवासीले डटेर प्रतिरोध गरे पछि भारतीय एसएसबी नेपाली भूमिमै पसेर निहत्था नेपाली माथि गोली बर्षाएको थियो ।
यस्तो अन्तराष्ट्रिय कानुनको उलंघन गरी सार्वभौम मुलुकको भूमिमा पसेर नागरिकको हत्या गर्दा समेत नेपालको सरकारले कुनै प्रतिकृया नदिई लाचारी प्रदर्शन गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुरमा भारतीय साम्राज्यवादले कायरतापूर्ण तरीकाले नेपालीको हत्या गरेको भन्दै भत्र्सना गरेको छ ।
पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी मातृ भूमिको रक्षा गर्न पार्टीले जुनसुकै भूमिका निर्वाह गर्ने भन्दै सबै जनतालाई देशको रक्षामा उत्रन अपील गर्नु भएको छ ।