काठमाडौ २६ फागुन ।
राजविराजमा गत सोमबार भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन सप्तरी बन्दका कारण आजपनि जिल्लाको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।
बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल, कलकारखाना तथा शैक्षिक संस्था ठप्प रहेका छन् ।
मुख्य तथा सहायक राजमार्गमा रात्रीकालिन सवारी साधन प्रहरीको स्कर्टिङमा सन्चालनमा आएपनि बिहानबाट भने राजमार्गमा सवारी आवगमन ठप्प रहेको छ ।
बन्दका कारण सो जिल्ला भएर आवत जावत गर्ने सवारी साधन आसपासका जिल्लामा रोकिएका छन् । मोर्चाको जिल्ला समितिले आह्वान गरेको बन्दले खासगरि ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरु बढि समस्यामा परेका छन् ।
घटनाको विरोधमा मोर्चाले आहवान गरेको दुई दिने तराई मधेश बन्द भने हिजोबाट सकिएपछि भने अन्य जिल्लाको जनजीवन बिहानैबाट सामन्य बनेको छ ।