कमल सरगम
काठमाण्डौ ।
नेपाली लोकदोहोरी क्षेत्रका चर्चित सर्जक तथा गायक केशर लामाको उत्कृष्ट लय तथा शब्द मा संजिता तामाङको लोकदोहोरी गीत “मर्दै मर्दै गाछ” बजारमा आएको छ ।चर्चित मोडल बिमल अधिकारी र संजिता तामाङको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियो अहिले निकै चर्चामा छ ।गीतलाई मालती डिजिटलले बजारमा ल्याएको हो ।चर्चित गायक केशर लामा र बहुचर्चित लोकदोहोरी गायिका देवी घर्तीको सुमधुर आवाज रहेको गीतको म्यूजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको म्यूजिक भिडियोको सम्पादन सुजन साहीले गरेका हुन् ।गीतलाई मालती डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=uzB1xdbkeq8
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline