सप्तरी घटनाबारे जानकारी गराउन एमालेले आज राजधानीमा बृहत कार्यकर्ता भेला गर्दै

सप्तरी घटनाबारे जानकारी गराउन एमालेले आज राजधानीमा बृहत कार्यकर्ता भेला गर्दै

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २६ फागुन ।
४ जनाको ज्यानगरी भएको सप्तरी घटनापछि मेची महाकाली राष्ट्रिय अभियान स्थगित गरेको एमालेले आज राजधानीमा बृहत कार्यकर्ता भेला गर्दैछ । सप्तरी घटनाबारे पार्टी कार्यकर्ता र आमजनतालाई जानकारी दिन भेला आयोजना गरेको सो पार्टीले जनाएको छ ।

यस्तै बिभिन्न जिल्लामा पनि सभा तथा भेला गर्ने तयारी भएको बताइएको छ । सप्तरी घटनामा आफ्नो पार्टीलाई दोर्षी ठहर्याउने गरी भ्रम फैलिएको भन्दै घटनाको बारेमा सत्यतथ्य जानकारी गराउन भेला आयोजना गरिएको पार्टी प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

दिउँसो २ बजेपछि राजधानीको रामशाह पथस्थित एक पार्टी प्यालेसमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायत शिर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ । भेलामा पार्टी सदस्य, मोर्चा संगठनका सदस्य तथा सम्पर्क कमिटीका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

बिरोधकाबीच एमालेले गत सोमवार सप्तरीमा कार्यक्रम गरेको भन्दै मोर्चाले एमाले पार्टी कार्यालयमा आगजनी गर्ने, नेता तथा कार्यकर्तामाथि दुब्र्यवहार तथा उनीहरु सवार गाडीमा तोडफोड गर्ने कार्य तिब्र बनाएपछि घटनाको यथार्थ जानकारी दिन प्रचारात्मक अभियान सुरु गर्न लागेको भट्टराईले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर दुईका ८ सहित मुलुकभर सभाको मिति तय गरी कार्यक्रम गर्न एमालेले जिल्ला कार्यसमितिलाई निर्देशन दिईसकेको छ । सप्तरी घटनापछि गत मंगलवारबाट स्थगित राष्ट्रिय अभियान पनि भोली हेटौंडाबाट पुनः सुरु हुने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ